काठमाडौं असाेज १८ , काठमाडौंमा परेको लगातार वर्षाका कारण सिर्जना भएको अव्यवस्था र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृहमन्त्री ओमप्रकाश अर्यालले बताए अनुसार, सरकारी कार्यालयहरू दुवै दिन बन्द रहनेछन्।

पहिलाको योजना अनुसार भोलि कार्यालयहरू सञ्चालन हुने तयारी भएको भए पनि सडक आवतजावतमा समस्या र यातायात अवरुद्ध भएकोले बिदा थपिएको हो। 

यस निर्णयसँगै बैंक तथा वित्तीय संस्था पनि दुवै दिन बन्द रहनेछन्।