देशभरका राजमार्ग अस्तव्यस्त : पूर्वदेखि पश्चिमसम्म आवागमन ठप्प
२०८२ आश्विन २०, सोमबार ११:४८
काठमाडौं, असोज २०, लगातारको अविरल वर्षाले देशका प्रमुख राजमार्गहरू ठप्प परेका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षापछि पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी र बीपी राजमार्गसम्म पूर्णरूपमा यातायात बन्द भएको छ ।
नेपाल प्रहरीका अनुसार, मदान भण्डारी राजमार्ग आंशिक रूपमा खुला छ, तर अन्य अधिकांश मार्गमा सवारी आवागमन रोकिएको छ।
हाल अवरुद्ध प्रमुख राजमार्गहरूको सूची यसप्रकार छ :
कोशी राजमार्ग – पहिरोका कारण विभिन्न ठाउँमा यातायात पूर्ण अवरुद्ध।
सिद्धिचरण राजमार्ग – सडक बगाउँदा आवागमन ठप्प।
मेची राजमार्ग – पहाडी क्षेत्रका भागमा बाटो कटान।
मध्यपहाडी राजमार्ग – थुप्रै स्थानमा सडक धस्सिएर बन्द।
पासाङ ल्हामु राजमार्ग – रसुवागढीतर्फ आवागमन रोकिएको।
अरनिको राजमार्ग – पहिरो र पानीले सडक नष्ट।
बीपी राजमार्ग – रोशी र सुनकोशी खण्डमा पूर्ण अवरोध।
कान्ति लोकपथ – सिस्नेरी–दक्षिणकाली खण्डमा सडक बगाएको।
कुलेखानी–सिस्नेरी सडकखण्ड – यातायात चल्न नसक्ने अवस्था।
सडक विभागका अनुसार, अधिकांश ठाउँमा मर्मतका प्रयास जारी छन्, तर लगातारको वर्षाका कारण सडक खुल्न अझ केही दिन लाग्ने अनुमान गरिएको छ।
यात्रीहरूलाई अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासनका निर्देशन पालना गर्न अनुरोध गरिएको छ





