काठमाडौं असाेज २०,  सामाजिक सञ्जाल फेसबुकमा सुदन गुरुङ नामका एक प्रयोगकर्ताले हालै राजनीतिक रूपमा संवेदनशील र विवादास्पद पोस्ट सार्वजनिक गरेका छन्। उनले “DO OR DIE FOR THE NATION. LET THE TREND BEGIN…” लेख्दै #arrestkpoli, #arrestrameshlekhak र #arrestmurderers जस्ता ह्यासट्याग प्रयोग गरेका छन्।

उक्त पोस्टमा नेपालका दुई प्रमुख नेताको फोटो प्रयोग गरी “ARREST – KP Sharma Oli | Ramesh Lekhak – Murderers” भन्ने लेखिएको पोस्टर समेत राखिएको छ। उक्त पोस्टमा “Arrest the murderers or the nation will be compelled to take actions” भन्ने चेतावनीमूलक वाक्य पनि समावेश गरिएको छ।

गुरुङको यो पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले उनलाई देशको अन्याय र भ्रष्टाचारविरुद्धको आवाजका रूपमा समर्थन गरेका छन् भने अरूले भने यो पोस्ट कानूनी सीमाभन्दा बाहिर रहेको भन्दै आपत्ति जनाएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो किसिमका पोस्टहरूले सामाजिक तनाव र ध्रुवीकरण बढाउन सक्छन्। विज्ञहरूले अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा पनि कानूनी र नैतिक सीमाभित्र रहनुपर्ने सुझाव दिएका छन्।

यसबारे अहिलेसम्म सम्बन्धित निकाय वा नेताहरूको आधिकारिक प्रतिक्रिया आएको छैन। तर, यो विषय अहिले फेसबुक र अन्य प्लेटफर्ममा #ArrestTrend का रूपमा तीव्र रूपमा फैलिँदै गएको देखिन्छ।