काठमाडौं। निर्वाचन आयोगले आगामी निर्वाचनका तयारी स्वरूप मतदाता नामावली अद्यावधिक कार्य देशभर जारी रहेको जनाएको छ। आयोगका अनुसार इच्छुक नागरिकले अब आफूलाई पायक पर्ने जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन्।

तर, त्यसअघि आयोगको अनलाइन प्रणाली https://applyvr.election.gov.np/ मा गई फारम भर्नुपर्नेछ। अनलाइन फारम भरेपछि मात्र तस्बिर खिचाउने र बायोमेट्रिक अभिलेखीकरणका लागि निर्वाचन कार्यालय पुग्नुपर्ने व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यकाभित्र मतदाता नाम दर्ता निम्न तीन कार्यालयहरूमा गर्न सकिनेछ—
१. काठमाडौं जिल्ला निर्वाचन कार्यालय, मिनभवन
२. ललितपुर जिल्ला निर्वाचन कार्यालय, जावलाखेल
३. भक्तपुर जिल्ला निर्वाचन कार्यालय, सल्लाघारी।

आयोगले यो प्रक्रिया कात्तिक मसान्तसम्म मात्र खुला रहने जनाउँदै योग्य नागरिकहरूलाई समयमा नै नाम दर्ता गराउन आग्रह गरेको छ।