काठमाडौं, असोज २३, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार मापदण्डभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको भन्दै गृहमन्त्रीस्तरीय निर्णयमार्फत तिनीहरू फिर्ता गरिएको हो।

निर्णयअनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता बोलाइएका छन्। स्रोतका अनुसार अब दुबै पूर्वप्रधानमन्त्रीलाई सरकारद्वारा तोकिएको न्यूनतम सुरक्षा व्यवस्था मात्रै उपलब्ध गराइनेछ।

सरकारले पछिल्ला दिनमा पूर्व उच्च पदाधिकारीहरूको सुरक्षा व्यवस्थामा पुनरावलोकन गर्दै आएको छ। सोही क्रममा यो निर्णय गरिएको जनाइएको छ।