काठमाडौं असाेज २८, प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार बिहान कार्यालय समय सुरु हुनासाथ सुशीला कार्की विरुद्ध पाँचवटा रिट दायर भएका छन्।

 सर्वोच्चका अनुसार सवा ११ बजेसम्म दायर भएका रिटमध्ये पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको, दोस्रोमा अधिवक्ता कृतिनाथ शर्मा पौडेलको, तेस्रोमा युवराज सफल पौडेलको, चौथोमा विपना शर्मा र आयुष बडालको, र पाँचौँमा मकबुल मियाको रिट परेका छन्।

भदौ २७ गते प्रधानमन्त्री कार्कीको निर्णयअनुसार प्रतिनिधिसभा विघटन गरिएको थियो। रिट निवेदकहरुले कार्कीको नियुक्ति असंवैधानिक भएको कारण उनका निर्णय अवैध भएको दाबी गरेका छन्। उनीहरूले कार्की र उनको सरकारले गरेका निर्णय कार्यान्वयन हुन नपरोस् भनी अन्तरिम आदेशको मागसमेत गरेका छन्।

सर्वोच्च अदालतले रिट दर्ता गर्ने वा नगर्नेबारे अनुसन्धानपछि निर्णय गर्ने जनाएको छ।