काठमाडौँ असाेज २८, राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

राष्ट्रपतिले प्यालेस्टिनी समूह हमासको कब्जाबाट जोशीको मुक्ति सुनिश्चित गर्न आफैले समेत पटक–पटक पहल गरेको स्मरण गर्दै भनेका छन्, “उहाँको सुरक्षित फर्किने आशा हामी सबैमा थियो, तर निधनको खबरले म अत्यन्त मर्माहित र स्तब्ध भएको छु।”

राष्ट्रपति पौडेलले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आफन्त र शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।