मोरङ असाेज ३० , चेत जागेपछि मानिस कर्मयोगी बन्छ र आफ्नै इतिहास रच्छ भन्ने भनाइलाई साकार बनाउँदै संस्कृत र सनातन धर्मका ज्ञाता प्राध्यापक पुरुषोत्तम भट्टराईले आफ्नो जीवनभर धर्म, संस्कृत र मानवसेवामा समर्पित योगदान दिएका छन्।

अन्ठानब्बे वर्षीय भट्टराईले कठिन परिश्रम र संघर्षपूर्ण यात्राबाट आजको स्थान हासिल गरेका हुन्। न्याय र व्याकरण  र धर्मशास्त्रमा असाधारण क्षमता भएका गुरु भट्टराईले बाल्यकाल नै मातापिता गुमाए थिए आफै भित्रकाे स्वलाई विउँझाएर  विशाल विद्वताले भरिएको व्यक्तित्व  निर्माण गरे ।

सनातन धर्मका हिमायती, संस्कृतका ज्ञाता तथा धर्मसंस्कृतिका संरक्षक भट्टराईप्रति सम्मान व्यक्त गर्न सनातन धर्म सेवा समिति, मोरङले विशेष अभिनन्दन (सम्मान एवम् पूजन) कार्यक्रम आयोजना गरेको छ।

 तिहार छठ लगायतका चाडपर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा समिति अध्यक्ष कविराज न्यौपाने र सम्पूर्ण कार्यसमिति परिवारले गुरुप्रति श्रद्धा र कृतज्ञता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले डा. भट्टराईको जीवन यात्रा, धर्मप्रतिको निष्ठा र शिक्षाक्षेत्रमा दिएको योगदानलाई नेपालकै सनातन मूल्य र संस्कृतिको प्रेरणादायी प्रतीकका रूपमा वर्णन गरे।