विशेष अनुसन्धान रिपोर्टिङ — “मिराजको बेनामी शक्ति : एभरेस्टसम्म पुग्ने पैसाको बाटो”
२०८२ कार्तिक १, शनिबार २१:३८
काठमाडौं, कार्तिक १, नयाँ बानेश्वरस्थित पाँचतारे एभरेस्ट होटलको सभाहल शुक्रबार अपराह्न जेन–जी आन्दोलनका प्रमुख पात्र मिराज ढुंगानाको पार्टी घोषणाले भरिएको थियो।
पत्रकार, समर्थक र आन्दोलनका केही अगुवा उपस्थित थिए। तर, सोभा भन्दा पनि सबभन्दा ठूलो प्रश्न थियो
एउटा आन्दोलनकारी युवाले पाँचतारे होटलमा यस्तो भव्य कार्यक्रम गर्न पैसा कहाँबाट ल्याए?
▌पहिलो संकेत : गैरराजनीतिक समूहको लगानी
होटलका स्रोतका अनुसार सभाहल र प्राविधिक व्यवस्थाका लागि करिब साढे ३ लाख रुपैयाँ बराबरको खर्च भएको अनुमान छ। होटलले कार्यक्रमको बिल “व्यक्तिगत बुकिङ”का रूपमा काटेको पुष्टि गरेको छ। नाम मिराजको हैन, एक व्यापारिक परामर्श कम्पनीमार्फत रकम तिर्न आएको देखिन्छ। सो कम्पनी गत असार महिनामात्रै दर्ता भएको र कार्यालय ठेगाना न्युरोड वरिपरि रहेको खुलेको छ।
यो कम्पनीका सञ्चालक मध्ये एक व्यक्ति “पूर्व–जेनजी आन्दोलनका आर्थिक संयोजक” भनेर चिनिन्छन्। उनीसँगको सम्पर्क प्रयास असफल रह्यो।
▌दोस्रो सूत्र : विदेशस्थित समर्थकहरू
जेन–जी आन्दोलनको समयदेखि नै विदेशस्थित नेपाली युवाहरू सामाजिक सञ्जालमा मिराजलाई “भविष्यको नेता” भनेर प्रचार गर्दै आएका थिए। अनुसन्धानका क्रममा भेटिएका ट्रान्सफर रेकर्डहरू अनुसार, हालैका हप्तामा दुबई र मलेसियाबाट मिराज नजिकका दुईजनाको खातामा साना किस्तामा रकम पठाइएको पाइन्छ। ती खातामार्फतै होटल कार्यक्रमको अग्रिम भुक्तानी गरिएको प्रारम्भिक अनुमान छ।
यसरी पठाइएका रकमहरूको स्रोत ‘क्राउडफन्डिङ’ अभियान वा व्यक्तिगत सहयोगका रूपमा लिइएको भनिए पनि त्यसबारे औपचारिक पारदर्शिता छैन।
▌तेस्रो पंक्ति : आन्तरिक असन्तुष्ट व्यवसायी
काठमाडौंका केही व्यवसायी, जो हालका ठूला दलहरूप्रति असन्तुष्ट छन्, उनीहरू मध्ये केहीले मिराजलाई “नयाँ राजनीतिक विकल्प”का रूपमा सहयोग गर्न थालेको बताइएको छ। एक व्यवसायीले अज्ञात शर्तमा भने, “आन्दोलनका तिनले जनतालाई बोल्न सिकाए, तर अब बोल्ने ठाउँ चाहिएको हो, त्यसैले सहयोग गरेका हौं।”
तर उनीहरूले रकम सीधै नगदमा दिएको वा संरचनागत रूपमा संस्थाबाट गएको भन्ने प्रमाण भेटिएको छैन।
▌मिराज पक्षको भनाइ
पत्रकार सम्मेलनपछि मिराजले छोटकरीमा भने, “हामीकहाँ सबै पारदर्शी छ। होटलको बिल पनि हाम्रो समूहले नै तिरेको हो। यो कुनै ठूला धनीको पार्टी होइन, युवाहरूको सानो योगदानबाट सम्भव भएको हो।”
तर सोधिएको “के योगदानकर्ताको नाम सार्वजनिक गर्न सकिन्छ?” भन्ने प्रश्नमा उनले मुस्कुराउँदै भने, “समय आउँछ, सबै खुल्नेछ।”
विश्लेषकहरूले यो घटनालाई जेन–जी आन्दोलनको वित्तीय परिक्षणका रूपमा हेरिरहेका छन्। राजनीतिक विश्लेषकले “एभरेस्ट होटलमा कार्यक्रम राख्नु प्रतीकात्मक हो — आन्दोलन सडकबाट संस्थागत तहमा प्रवेश गर्न खोज्दैछ।”
तर उनी थप्छन्, “यदि पारदर्शिता नआयो भने यो आन्दोलनको विश्वसनीयता नै पहिलो घाउ बन्न सक्छ।”
एभरेस्ट होटलमा मिराजको कार्यक्रमले एउटा कुरा स्पष्ट गर्यो — जेन–जी आन्दोलन अब भावनात्मक उभार मात्र रहेन, संगठित र स्रोतसाधन जुटाउन सक्षम नेटवर्क बन्न थालेको छ।
तर, पैसाको बाटो अझै अस्पष्ट छ। मिराजको “बेनामी” भनिएको पार्टीजस्तै, यसको आर्थिक स्रोत पनि अहिले बेनामी नै देखिन्छ।
विशेष संवाददाता : डिआर न्याैपाने




