काठमाडौं बुधबार ५, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हालै सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि पोखेका छन्। उनले ‘जेनजी आन्दोलन’का घटनाक्रमलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) दुबै पक्षमाथि कडा आरोप लगाएका छन्।

बुधबार (कात्तिक ५) बेलुकी फेसबुकमार्फत बालेनले लेखेका छन् — “आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नै बालबच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”

उनको भनाइअनुसार, देशमा भएको तोडफोड र आगजनीका पछाडि राजनीतिक दलकै कार्यकर्ता संलग्न छन्, तर दोष नयाँ पुस्तालाई थोपर्ने प्रयास भइरहेको छ।

बालेनले थप लेखेका छन् — “तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्‍यो ! भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ, अरूलाई एजेन्ट भन्छौ !”

उनको यो वक्तव्य सामाजिक सञ्जालमा तीव्र चर्चाको विषय बनेको छ। समर्थकहरूले बालेनको स्पष्ट र निडर अभिव्यक्तिको प्रशंसा गरेका छन् भने विपक्षीहरूलाई यो टिप्पणी ‘अशालीन’ र ‘अराजनीतिक’ लागेको छ।

राजधानीको राजनीतिक वृतमा बालेनको पोस्टले फेरि एक पटक बहस सुरु गराएको छ — मेयरको असन्तुष्टि के सामान्य प्रतिक्रिया मात्र हो, वा नयाँ राजनीतिक सन्देश ?