काठमाडौं कार्तिक ५ बुधबार , अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य इतिहासकै ठूलो गिरावटका साथ घटेको छ। एकैदिन सुनको मूल्य ३०० अमेरिकी डलर (झण्डै ४२ हजार नेपाली रुपैयाँ) ले घटेपछि विश्व बजारमा हलचल मच्चिएको छ।

विश्लेषकहरूका अनुसार यो गिरावट पछिल्लो १० वर्षयताको सबैभन्दा ठूलो एकदिने घटावट हो। सन् २०१३ पछि सुनको मूल्यमा यति ठूलो एकैदिनको गिरावट पहिलोपटक देखिएको बताइन्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको “स्पट मूल्य” (Spot Price) एकाएक घट्नुको मुख्य कारण अमेरिकी अर्थतन्त्रका तथ्याङ्क, बढ्दो ब्याजदर र विश्व बजारमा बढेको अनिश्चिततालाई मानिएको छ। सोही प्रभावले आज विश्वभरको सुन बजारमा ठूलो उतार–चढाव ल्याएको हो।

नेपालमा समेत यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। सुन आयातकर्ताहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको यो ठूलो गिरावटको असर भोलिदेखि नै नेपाली बजारमा देखिन सक्नेछ।

हालसम्म नेपालमा प्रतितोला सुनको मूल्य करिब ४२ हजारले सस्तो हुने अनुमान गरिएको छ।

विश्लेषकहरू भन्छन् — “यो गिरावट छोटो अवधिका लागि भए पनि लगानीकर्ताहरू सावधान रहनुपर्ने समय हो, किनकि बजार अझ केही दिन अस्थिर रहन सक्छ।”