आइतबार भएको विश्व कप क्रिकेट छनाैट चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध कीर्तिमानी जित निकाल्दै नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्ति गर्न सफल भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको थियोे यूएईविरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित्न सफलता हात पर्याे ।