काठमाडौं कार्तिक ९ आईतवार , प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन उनले चार नयाँ मन्त्री नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएकी हुन्।

प्रधानमन्त्रीको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुधा गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनार र युवा तथा खेलकुद मन्त्रालयमा बब्लु गुप्तालाई नियुक्त गर्ने तयारी गरिएको छ।


स्रोतका अनुसार चारै जना मन्त्रीको आजै शपथ ग्रहण समारोह सम्पन्न हुने भएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै सरकारको पूर्णता नजिकिएको प्रधानमन्त्री निकट वृतले जनाएको छ।