काठमाडौं, कात्तिक ९ आइतबार , गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहसचिव तहका ३६ जना अधिकारीहरूको ठूलो सरुवा गरेको छ।

 गृहमन्त्रीस्तरीय निर्णयअनुसार मोरङ, ललितपुर, रुपन्देहीलगायतका जिल्लाका सिडिओहरू परिवर्तन भएका छन्।

यस सरुवाअनुसार मोरङका सिडिओ इन्द्रदेव यादवलाई महोत्तरी पठाइएको छ भने युवराज कट्टेललाई मोरङको नयाँ सिडिओ भएर आएका छन् ।

साथै, मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकसहित देशका विभिन्न जिल्लामा सरुवा भएको यस निर्णयले प्रशासनिक काममा नवीनता र कार्यक्षमताको अपेक्षा गरिएको छ।