नेपाल प्रहरीमा पाँच एसएसपी डिआइजीमा बढुवा
२०८२ कार्तिक ९, आईतवार २०:२५
काठमाडौं, कात्तिक ९ (आइतबार) — नेपाल प्रहरीले पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवा गरेको छ।
गृह मन्त्रालयले बढुवा समितिको सिफारिसका आधारमा आइतबार निर्णय गर्दै बढुवा प्रक्रिया सम्पन्न गरेको हो।
डिआइजीमा बढुवा हुने भाग्यशाली पाँच जना अधिकारी हुन् भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहेका छन् ।
बढुवापछि उनीहरूलाई जिम्मेवारीअनुसार देशका विभिन्न प्रहरी कार्यालय र प्रदेश प्रहरीमा पदस्थापन गरिने तयारी गरिएको छ। प्रहरी स्रोतका अनुसार, बढुवा प्राप्त सबै अधिकारीले आफ्नो लामो अनुभव, उत्कृष्ट कार्यकुशलता र सेवा अवधिमा देखाएको नेतृत्व क्षमताका आधारमा उच्च अंक हासिल गरेका थिए।
नेपाल प्रहरीमा जनपद समूहतर्फ डिआइजी पद संख्या ५ मा बढुवा गर्न २०८२ साल कात्तिक ९ गते बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको थियो। उक्त निर्णय प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) बमोजिम गरिएको हो।
बढुवा सूची सार्वजनिक गर्दै गृहमन्त्रालयले भनेको छ
“यो बढुवा संस्थाको निरन्तरता, शुशासन र पेशागत उत्कृष्टताप्रतिको सम्मान हो।”
यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व संरचना अझ सशक्त र अनुभवसम्पन्न बनेको बताइँदैछ।





