देउवा दम्पती थप उपचारका लागि आजै सिंगापुर प्रस्थान
२०८२ कार्तिक १०, सोमबार १२:१५
काठमाडौं, कात्तिक १० साेमवार , नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज राति पत्नि आरजु राणासहित सिंगापुर प्रस्थान गर्दै छन्।
उनीहरू राति करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्यक्रम छ।
देउवा सिंगापुरमा टाउकोको थप चिकित्सकीय परीक्षण र उपचारका लागि जाँदैछन्। केही समयअघि ‘जेन–जी आन्दोलन’का क्रममा देउवा निवास बूढानीलकण्ठमा भएको झडपमा देउवा दम्पती घाइते भएका थिए। सो क्रममा देउवाको टाउकोमा करिब १२ वटा टाँका लगाउनुपरेको थियो
पार्टी स्रोतका अनुसार, स्वास्थ्यमा सुधार भइरहेको भए पनि चिकित्सकको सिफारिसअनुसार विदेशी उपचार आवश्यक ठहर भएपछि सिंगापुर यात्रा तय गरिएको हो।
यात्रा अघि देउवाले पार्टीको नेतृत्व व्यवस्थापन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्। कांग्रेस स्रोतले भन्यो, “सभापति देउवा स्वास्थ्य लाभका क्रममा केही दिन सिंगापुरमै रहनेछन्।”




