काठमाडौं, कात्तिक १० साेमवार , देशभर पुनः मौसम अस्थिर बन्ने संकेत देखिएको छ । मौसमविद्हरूले आउँदो बिहीबारदेखि शनिबारसम्म विशेषगरी देशको पूर्वी भूभागमा भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार वर्षा भोलि (कात्तिक ११) बाट नै सुरु हुने र पूर्वी नेपालमा आगामी तीन दिनसम्म तीव्र वर्षा हुने अनुमान गरिएको छ


उनले भने, “बंगालको खाडीमा सक्रिय मोन्था चक्रवात र अरब सागरको न्यूनचापीय प्रणालीले नेपालभरि बादल ल्याइरहेको छ । अहिले वर्षा सुरु नभए पनि भोलिदेखि क्रमशः तीव्र हुन सक्छ ।”

 शुक्रबार र शनिबार वाग्मती, मधेस र कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताए 

  किसानलाई सचेत रहन आग्रह गर्दै भने, “धान भित्र्याउने र परालको सुरक्षामा ध्यान दिनुपर्छ । साथै, १४–१५ कात्तिकका दिन पूर्वी नेपालको हवाई र सडक यातायात प्रभावित हुनसक्छ ।”

पर्यावरण तथा मौसमविद्ले पनि बिहीबारदेखि पूर्वी नेपालका तराई र पहाडी जिल्लामा मध्यमदेखि भारी वर्षा हुनसक्ने बताएका छन् ।
उनका अनुसार, “इलाममा विशेष सतर्कता आवश्यक छ । धान काट्ने र भित्र्याउने कार्य मंगलबारदेखि रोकौँ । तराईका जिल्लाहरूमा पनि धान जोगाउने तयारी गर्नुपर्छ।”

यी मौसमविद्हरूले पश्चिमी नेपालमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको चेतावनी दिएका छन् ।
उपाध्यायका अनुसार, “अपी–नम्पा, अन्नपूर्ण, मनास्लु र लाङटाङ क्षेत्रमा भारी हिमपात हुनसक्छ, त्यसैले मंगलबारदेखि बिहीबारसम्म ती क्षेत्रमा पदयात्रा स्थगित गर्नु उपयुक्त हुन्छ ।”

यसैबीच, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै सोमबार रातिदेखि बुधबार बिहानसम्म पश्चिम नेपालका केही स्थानमा वर्षा र हिमपात हुनसक्ने जनाएको छ ।

मौसमविद्हरूका अनुसार आगामी केही दिन नेपालमा पूर्व–पश्चिम दुबै दिशाबाट आउने चक्रवाती प्रभावका कारण देशभर मौसम अस्थिर रहन सक्ने देखिएको छ ।