सिन्धुलीको खनिया खर्कमा शाक्पा गुरु ३० दिनदेखि गुफामै ध्यानरत
२०८२ कार्तिक १०, सोमबार १४:४७
सिन्धुली, कात्तिक १० साेमवार , सिन्धुलीको खनिया खर्कमा शाक्पा गुरु भनेर चिनिने एक युवकले घनघोर जंगलभित्र खोलाको किनारमा रहेको गुफामा बस्दै निराहार ध्यान र तपस्या गरिरहेको समाचार प्राप्त भएको छ।
जानकारी अनुसार उनले कुनै पनि ठोस वा तरल पदार्थ जस्तै खाना र पानी — ग्रहण नगरी निरन्तर ध्यान गर्दै आज ३०औँ दिन पूरा गरेका छन्। शाक्पा गुरुले कुल ४९ दिनसम्म निराहार ध्यान गर्ने संकल्प गरेका छन्।
स्थानीयका अनुसार उनी बिहान र साँझ ध्यानमा लीन रहन्छन् र अधिकांश समय मौन व्रतमा बस्छन्। नजिकैका बासिन्दाले उनको आध्यात्मिक अनुशासन र धैर्यको प्रशंसा गर्दै उनलाई “युवा साधक” को रूपमा हेर्न थालेका छन्।
उनको स्वास्थ्य अवस्थाबारे हालसम्म ठोस जानकारी नआए पनि स्थानीयले समय–समयमा अनुगमन गरिरहेका छन्।
पूर्वी नेपालको धार्मिक र ध्यान संस्कृतिमा यो घटनाले नयाँ चासो र चर्चा पैदा गरेको छ।




