काठमाडौं कार्तिक १२ बुधबार , प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलोपटक राजनीतिक दलका नेताहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग संयुक्त वार्ता गर्न लागेकी छन्।

 बालुवाटारमा अपराह्न ४ बजेका लागि तय गरिएको यस बैठकमा आगामी फागुन २१ गते हुने निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरू र जेनजी पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्। तर आजको संवादलाई सबै पक्षबीच प्रत्यक्ष संवादको सुरुआतका रूपमा हेरिएको छ।

सरकार, दल र जेनजी प्रतिनिधिहरूबीचको यो पहिलो संयुक्त बैठकले राजनीतिक सहमतिको सम्भावना बलियो बनाउने अपेक्षा गरिएको छ।