बालुवाटारमा त्रिपक्षीय संवाद : सरकार, दल र जेनजी एउटै टेबलमा
२०८२ कार्तिक १२, बुधबार १९:१३
काठमाडौं बुधबार, कात्तिक १२, २०८२ ,आगामी निर्वाचनका विषयमा साझा समझदारी खोज्दै सरकारले बुधबार अपराह्न बालुवाटारमा त्रिपक्षीय छलफल आरम्भ गरेको छ।
यस महत्त्वपूर्ण बैठकमा सरकार, राजनीतिक दलहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरू सहभागी भएका छन्।
सरकारको तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री, कानुनमन्त्री, शिक्षामन्त्री र सञ्चारमन्त्री उपस्थित रहे।
राजनीतिक दलका तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन्।
त्यस्तै, जेनजी आन्दोलनका तर्फबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक ढकाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर उपस्थित छन्।
यसअघि प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग अलग-अलग भेटघाट र विचार–विमर्श गरिसकेकी थिइन्।
अब भने सरकार आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई सहज र समावेशी बनाउन त्रिपक्षीय संवादलाई निर्णायक दिशातर्फ लैजाने प्रयासमा छ।




