झापा कार्तिक १४, बिहीबारदेखिको लगातार वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलाम–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, विभिन्न स्थानमा सडक भासिँदा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा गाडी चल्ने छैन।

मेची राजमार्गको वैकल्पिक मार्ग तिल्केनी–सिमलगो–शिलपुर सडक पनि वर्षा र पहिरोले अवरुद्ध भएको छ। त्यस्तै, मेची कोरिडोर अन्तर्गत केचना–कञ्चनजंघा सडकको माइखोलास्थित पक्की पुल भाँचिएपछि गत असोज १८ देखि बन्द छ।

यसका कारण इलाम–झापा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ र यात्रुहरूले वैकल्पिक व्यवस्थाको लागि तयारी गर्नुपर्ने छ।