काठमाडौँ  १५ कार्तिक , शनिबार, नयाँ पुस्ताको आवाजलाई राजनीतिक स्वरूप दिने उद्देश्यसहित जेन जेड पुस्ताकी युवा नेतृ रक्षा बमको नेतृत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नामक नयाँ संगठन गठन गरिएको छ।

संयोजक बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठ लामो नीतिगत दस्तावेज सार्वजनिक गर्दै फ्रन्टको औपचारिक घोषणा गरेकी हुन्। दस्तावेजमा जेन जेड पुस्ताको आन्दोलनलाई संस्थागत रूप दिनु, बिखरिएका युवा समूहहरूलाई एउटै मोर्चामा एकताबद्ध गर्नु र समान विचारधाराका अभियन्तालाई साझा संरचनामा ल्याउनु मुख्य लक्ष्य राखिएको उल्लेख छ।

फ्रन्टमा बमसँगै युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण लगायतका युवा अभियन्ताहरू पनि सामेल छन्। 

संयोजक बमले जारी गरेको विज्ञप्तिमा जेन जेड पुस्ताको “साझा आवाज र एकीकृत दृष्टिकोण”लाई राष्ट्रिय स्तरमा फैलाउने प्रतिबद्धता व्यक्त गरिएको छ।