काठमाडौं, कात्तिक १७ साेमवार , एनआईसी एशिया बैंकले नयाँ नेतृत्व पाएको छ। नबिल बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) सुजितकुमार शाक्यलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO)मा नियुक्त गरिएको छ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। समझदारीअनुसार उनले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्नेछन्।

यसअघि एनआईसी एशिया बैंकका तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले असोज १ गते राजीनामा दिएका थिए।

शाक्य सन् २०२० मा नबिल बैंकमा प्रवेश गरेका हुन्। त्यसअघि उनले नेपाल श्रीलंका मर्चेन्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा समेत जिम्मेवारी सम्हालेका थिए।

२८ वर्षभन्दा बढीको बैंकिङ अनुभव भएका शाक्य वित्तीय विश्लेषण, कर्पोरेट बैंकिङ र संस्थागत लायाबिलिटी क्षेत्रमा दक्ष मानिन्छन्।

एनआईसी एशिया बैंकमा उनको आगमनसँगै बैंकको नयाँ रणनीतिक दिशा र प्रतिस्पर्धात्मक विस्तार हुने अपेक्षा गरिएको छ।