खोटाङका महिलाद्वारा कोदोको रक्सी ब्रान्डिङ : स्थानीय उत्पादन बजारिकरणतर्फ लोभलाग्दो प्रयास
२०८२ कार्तिक १७, सोमबार १९:५४
खाेटाङ्ग कार्तिक १७ साेमबार ,खोटाङ जिल्लाका महिला किसान दिदीबहिनीहरूले सामूहिक रूपमा उत्पादन गरेको कोदोको रक्सी अहिले आकर्षक ब्रान्डिङसहित बजारमा आउन थालेको छ ।
“कोदोको तिताको रक्सी” नामक लेबलसहितको यो स्थानीय उत्पादनले गाउँकै मौलिक स्वादलाई व्यावसायिक रूप दिन सफल प्रयासको उदाहरण बनेको छ।
स्थानीय स्रोतबाट तयार गरिएको यो रक्सी न केवल रोजगार सृजनामा सहायक बनेको छ, बरु ग्रामीण महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलताको प्रतीकसमेत बन्दै गएको छ।
विशेषगरी पहाडी भेगमा स्थानीय स्रोत र सीप प्रयोग गरी उत्पादित वस्तुको बजारिकरण अत्यावश्यक भइरहेका बेला खोटाङका महिलाहरूको यो अभियानले अन्य गाउँ र जिल्लाका किसानलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।




