विराटनगरमा ‘स्रष्टासँग भेटघाट, संवाद र सिर्जना’ सम्पन्न
२०८२ कार्तिक १७, सोमबार २०:४३
विराटनगर, कात्तिक १७, सोमबार — पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ स्मृति गुठी धनकुटाको संयुक्त आयोजनामा विराटनगरमा “स्रष्टासँग भेटघाट, संवाद र सिर्जना” कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
साहित्यकार प्रा. कविराज न्यौपानेको सभापतित्वमा, कवि उषा शेरचनको प्रमुख आतिथ्य तथा कवि विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका ख्यातनाम र नवोदित कविहरूले आ–आफ्ना कविता वाचन गरी कार्यक्रमलाई साहित्यिक र सांस्कृतिक रङ्गले रङ्ग्याए।
कविहरू लक्ष्मण नेवटिया, मनु मन्जिल, भूषण ढुङ्गेल, बद्री भिखारी, दिङलाली कान्छो, शङ्कर सुवेदी उत्स, मीना श्रेष्ठ, चूडामणि नेपाल अकिन्चन, राजेन्द्र गुरागाइँ, देवान किराँती, प्रज्ज्वल पराजुली, सीमा आभास, हरि कट्टेल, शुभलक्ष्मी लम्साल, बाबुराम पोखरेल, मीनकुमार नवोदित, भेषराज पोखरेल, लक्ष्मी रायामाझी, उमेश लुइँटेल, मन्जुश्री गिरी, लक्ष्मी पोखरेल, रोहिणी रसिक, प्रयाग न्यौपाने, दीपा दाहाल, मदन भण्डारी, प्रतिमा निरौला, अम्बिका खरेल उप्रेती, नानीमैयाँ दाहाल, हेमसागर पोखरेल, प्रिन्स प्रमोदकुमार ढकाल, धीरज राई र गोकुल अधिकारीले आफ्ना सशक्त कविता वाचन गरी कार्यक्रमको गरिमा थपे।
कार्यक्रममा गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठ र सभापति प्रा. कविराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गर्नुभएको हो।
कार्यक्रमका सभापति प्राध्यापक साहित्यकार कविराज न्यौपानेले नेपाली साहित्य सिर्जनाको निरन्तरता र नयाँ पुस्तामा साहित्यिक चेतना जागृत गर्न यस्ता कार्यक्रमहरू अत्यन्तै जरुरी रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “साहित्य केवल मनोरञ्जनको माध्यम होइन, यो समाज परिवर्तनको संवाहक हो। स्रष्टाहरूको भेटघाट र संवादले सिर्जनामा नवीनता ल्याउँछ, र यही संवादले हाम्रो सांस्कृतिक चेतना सजीव रहन्छ।”
उहाँले इन्द्रमोहन श्रेष्ठको योगदानलाई स्मरण गर्दै गुठीले साहित्य र सिर्जनाको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाइरहेको बताउनुभयो।
कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबै आमन्त्रित अतिथि, कवि तथा साहित्यप्रेमीहरूप्रति कवि विवश पाेखरेलले हार्दिक आभार व्यक्त गरेका छन्।





