अब स्थायी लेखा नम्बर (PAN) लिन स्थानीय तहमै
२०८२ कार्तिक २०, बिहीबार २२:०५
काठमाडौ कार्तिक २० बिहीबार ,आन्तरिक राजस्व विभागले कर प्रशासनलाई स्थानीय तहसम्म विस्तार गर्दै स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले नै जारी गर्न सक्ने व्यवस्था लागू गरेको छ।
यसबेलासम्म करदाता सेवा कार्यालयले मात्र जारी गर्दै आएको PAN सेवा ती कार्यालयहरू एकीकृत संरचनामा गाभिँदै खारेज भएपछि नयाँ व्यवस्थामा स्थानीय तह नै जिम्मेवार निकाय बन्ने भएको हो।
तर, सबै स्थानीय तहमा एकैपटक सेवा सुरु हुन केही समय लाग्ने विभागले जनाएको छ। सेवा सुचारु नहुँदासम्म सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट नै PAN प्रमाणपत्र वितरण जारी रहनेछ।
यस व्यवस्थाले नागरिकले दूरदराजका करदाता कार्यालय धाउनुपर्ने झन्झट कम भई PAN लिन सजिलो हुने अपेक्षा गरिएको छ।




