सरकार र दुर्गा प्रसाईं समूहबीच आज गृह मन्त्रालयमा वार्ता
२०८२ कार्तिक २६, बुधबार १०:२५
काठमाडौं कार्तिक २६ बुधबार , सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच आज गृह मन्त्रालयमा औपचारिक वार्ता हुने भएको छ।
वार्तामा दुर्गा प्रसाईं स्वयं उपस्थित नहुने भए पनि उनका प्रतिनिधि टोली सहभागी हुनेछन्।
उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साहलगायत सदस्य वार्तामा सहभागी हुने जनाइएको छ।
समूहका प्रतिनिधि माधव प्रसाद खतिवडाले भने, “हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालयतर्फ जाँदैछौं।”




