दुहबीका दुई छाला उद्योगमा स्थानीयद्वारा अनिश्चितकालीन तालाबन्दी
२०८२ कार्तिक २६, बुधबार १७:१४
सुनसरी, दुहबी कार्तिक २६ बुधबार , सुनसरीको दुहबी नगरपालिका–६ स्थित दुई छाला उद्योग युनाइटेड टेनरिज र एसियन लेदर मा स्थानीय बासिन्दाले अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
छाला फ्याक्ट्री संघर्ष समितिका सचिव बासुदेव मण्डलका अनुसार उद्योगबाट निस्किने दुर्गन्धका कारण बस्तीमा स्वास्थ्य जोखिम बढ्दै गएको र गाउँ विस्थापित हुने अवस्था सिर्जना भएपछि स्थानीयहरू लामो समयदेखि उद्योग स्थानान्तरणको माग गर्दै आएका छन्।
तर स्थानीयको समन्वय बिना नै पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुवै उद्योगका लागि प्रारम्भिक पर्यावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृति दिएको भन्दै समितिले उक्त निर्णय बदर गर्न माग गरेको छ। सोही मागसहित स्थानीयले बुधबारदेखि उद्योगमा अनिश्चितकालीन तालाबन्दी सुरु गरेका हुन्।




