फर्किए देउवा दम्पती
२०८२ कार्तिक २८, शुक्रबार २२:३१
काठमाडौं कार्तिक २८ शुक्रबार ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा उपचारपछि स्वदेश फर्किएका छन्। केही साताअघि उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार साँझ काठमाडौं आएका हुन्।
गत भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा भएको आक्रमणमा दुबैजना घाइते भएका थिए। आक्रमणका कारण देउवाको टाउको र घाँटीमा चोट लागेको थियो।
त्यसपछिको थप उपचारका लागि उनीहरू कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए।
उपचार पूरा गरी अहिले देउवा दम्पती स्वदेश फर्किएपछि पार्टीभित्र र सर्वसाधारणबीच राहतको महसुस देखिएको छ।




