प्रचण्डको चुनावी घोषणा : रुकुम पूर्वबाटै उम्मेदवारी
२०८२ पुष २६, शनिबार १८:३४
रुकुम पुस २६ ,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्।
रुकुम पश्चिममा जारी नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले यसपटक आफ्नो राजनीतिक यात्रा रुकुम पूर्वबाट अघि बढ्ने स्पष्ट पारे।
“अहिलेको चुनाव म रुकुमबाटै लड्छु, पूर्वी रुकुमबाट,” भन्दै उनले पश्चिम रुकुमका जनतासँग पनि निरन्तर जोडिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रचण्डले रुकुम पश्चिमका जनताको विश्वास र अपेक्षालाई सम्मान गर्दै विकास निर्माणलाई नयाँ गति दिने तथा जनताको दुःख–सुखमा सधैं सहभागी हुने विश्वास दिलाए।
यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डको उम्मेदवारी क्षेत्र खुलाइएको थिएन। करिब आधा दर्जन जिल्लाबाट उम्मेदवार बन्ने सिफारिस आए पनि उनले अन्ततः रुकुम पूर्वलाई रोजेका हुन्।
उनको यो घोषणालाई नेकपा एकताको सन्देश र रुकुमप्रतिको राजनीतिक प्रतिबद्धताको रूपमा हेरिएको छ।




