कांग्रेस विशेष महाधिवेशन: आज राति ९ बजेदेखि मतदान
२०८२ पुष २९, मंगलवार १३:३६
(निर्वाचन कार्यतालिका सार्वजनिक)
काठमाडौं पुस २९, नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति ९ बजेदेखि मतदान सुरु हुने भएको छ।
निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि मतदान, मतगणना र परिणाम घोषणासम्मको विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
आइतबारदेखि राजधानी काठमाडौंमा सुरु भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने औपचारिक रूपमा स्वीकार नगरेको जनाएको छ।
निर्धारित कार्यतालिका अनुसार मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ।






