काठमाडौं  पुस २९,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका २४९९ जना केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक प्रचण्डले उपस्थित सदस्यलाई प्रत्यक्ष रूपमा शपथ गराएका थिए भने कार्यक्रममा सहभागी हुन नसकेकालाई भर्चुअल माध्यमबाट शपथग्रहण गराइएको थियो।

पार्टीका मुख्यसचिव गणेशमान पुनका अनुसार भौतिक रूपमा उपस्थित हुन नसक्ने सदस्यका लागि इमेलमार्फत आवश्यक प्रक्रिया पूरा गरिने व्यवस्था गरिएको छ।

 “सबैलाई समेट्ने गरी शपथ प्रक्रिया सहज बनाइएको छ,” उनले बताए।