माघ ४ मा राजिनामा दिदै , संसदतिर बालेनको पाइला
२०८२ पुष २९, मंगलवार २०:१६
काठमाडौं २९ पुस,काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले माघ ४ गते पदबाट राजीनामा दिने भएका छन्। सिटी हलमा सुरु भएको उनको यात्राले अब संसदको ढोका ढकढक्याउने संकेत दिएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा रहेका बालेनले कानुनी बाध्यता पूरा गर्न मेयर पद त्याग्न लागेका हुन्। निर्वाचन आयोगका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता हुँदैछ, त्यसअघि नै उनले औपचारिक विदाइ गर्ने भएका छन्।
उनी निकट स्रोतका अनुसार माघ ४ गते राजीनामा दिएपछि भोलिपल्ट बालेन रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुग्नेछन्। त्यसपछि मधेश प्रदेशबाट आफ्नो राजनीतिक सक्रियता झनै विस्तार गर्ने तयारी छ।
काठमाडौं केन्द्रित प्रशासनिक भूमिकाबाट बाहिरिएर अब बालेन राष्ट्रिय राजनीतिक मैदानमा उत्रिन खोज्दैछन्। रास्वपासँग सहकार्य गर्दै प्रधानमन्त्रीको दाबी सहित निर्वाचनमा जाने सहमति यसअघि नै भइसकेको बताइन्छ।
महानगरबाट संसदसम्म बालेनको अर्को अध्याय सुरु हुँदैछ।




