काठमाडौँ पुस ३० ,भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज सर्वसम्मत नयाँ कार्यसमिति घोषणाको चरणमा पुगेको छ। केहीबेरमै नयाँ नेतृत्व सार्वजनिक गरिने नेता गुरुराज घिमिरेले बताएका छन्।

तर महाधिवेशनको मञ्चमा देखिएको सर्वसम्मतिकाे तस्वीरभन्दा बाहिर कांग्रेस गम्भीर संकटतर्फ धकेलिएको छ।

 पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको छ।

एकातिर ‘एकता’को घोषणा, अर्कोतिर असहमतिको कठोर दमन—कांग्रेसभित्रको यो द्वन्द्वले पार्टीको भविष्य झन् अनिश्चित बनाएको छ।