गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति घोषणा
२०८२ माघ १, बिहीबार ०९:४९
काठमाडौँ माघ १, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ। सम्मेलनले समावेशी संरचनासहित ४२ बुँदे केन्द्रीय समिति सर्वसम्मत रूपमा टुंगो लगाएको हो।
नवगठित कार्यसमितिमा सभापति गगन थापासहित दुई उपसभापति, दुई महामन्त्री, विभिन्न समुदाय र क्षेत्र प्रतिनिधित्व गर्ने सह–महामन्त्री तथा केन्द्रीय सदस्यहरू चयन गरिएको छ।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन्। सह–महामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
केन्द्रीय समितिमा खुल्ला, महिला, प्रदेशगत, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक समूहबाट ठूलो संख्यामा सदस्यहरू समेटिएका छन्। यसले कांग्रेसले समावेशिता र क्षेत्रीय सन्तुलनलाई प्राथमिकतामा राखेको सन्देश दिएको नेताहरूले बताएका छन्।
विशेष महाधिवेशन सम्मेलनमा घोषणा गरिएको यो कार्यसमितिले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक चुनौती सामना गर्ने दाबी गरिएको छ। नयाँ नेतृत्वप्रति कार्यकर्ताहरूले आशा र अपेक्षा व्यक्त गरेका छन्।




