निर्वाचन आयोगमा नयाँ कांग्रेस नेतृत्व
२०८२ माघ १, बिहीबार १४:३४
काठमाडौं विराटपाटी माघ १, नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टीका शीर्ष पदाधिकारीहरू बिहीबार दिउँसो निर्वाचन आयोग पुगेका छन्। विशेष महाधिवेशनपछि गठन भएको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको विवरण अद्यावधिक गराउन उनीहरू आयोग गएका हुन्।
सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पनि आयोग पुगेका छन्। आयोगमा विशेष महाधिवेशनको निर्णयसहित प्रक्रिया अघि बढाउँदाका आवश्यक कागजात बुझाइने बताइएको छ।
बुधबार राति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित भएको थियो।




