म्यादी प्रहरी मागभन्दा बढी आवेदन, तर ३६ जिल्लामा कमी
२०८२ माघ २, शुक्रबार १६:४७
काठमाडौं, माघ २ शुक्रबार ,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी बन्न १ लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका छन्। प्रहरी प्रधान कार्यालयले पुस २४ गते सूचना जारी गरी माघ १ गतेसम्म आवेदन खुला गरेको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बिहीबारसम्म प्राप्त आवेदन संख्या सरकारले तय गरेको १ लाख ४९ हजार ९० जना को कोटाभन्दा २३ हजार ७८७ ले बढी छ।
यद्यपि, कास्कीसहित ३६ जिल्लामा भने मागअनुसार आवेदन नपुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ती जिल्लामा निर्वाचन प्रहरीको आवश्यकता पूरा गर्न पुनः दुई दिन म्याद थप गरी आवेदन आह्वान गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार क्षेत्रगत असन्तुलनका कारण केही जिल्लामा आवेदन कमी देखिएको हो।




