राजीनामा बिना नै चुनावी मैदानमा बालेन
२०८२ माघ ४, आईतवार १२:५६आज जनकपुर प्रस्थान

काठमाडौं माघ ४ आइतबार , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मेयर पदबाट राजीनामा नदिई नै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। आगामी फागुन २१ मा हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाका अनुसार बालेन आज दिउँसो १ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ। त्यसपछि दिउँसो २ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ।
प्रवक्ता झाले मेयर बालेनले आज राजीनामा नदिने स्पष्ट पारेका छन्। बैठकपछि रास्वपा सभापति रवि लामिछानेसहित बालेन र अन्य नेताहरू आजै साँझ ५ बजे जनकपुरतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ।




