नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ बाट बेद नारायण गच्छदारको उम्मेदवारी घोषणा
२०८२ माघ ५, सोमबार २०:३८
सुनसरी माघ ५ साेमवार , नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ का धरोहर युवा नेता श्री बेद नारायण गच्छदारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं. ३ बाट नेपाली काग्रेस पार्टीको उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।
लामो समयदेखि पार्टी संगठन सुदृढीकरण, जनसमस्या समाधान र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा सक्रिय रहँदै आउनुभएका गच्छदारलाई क्षेत्रका युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्ताले आशा र भरोसाको नेताका रूपमा लिँदै आएका छन्।
उहाँको उम्मेदवारी घोषणासँगै सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस कार्यकर्ता तथा समर्थकहरूमा उत्साह थपिएको छ। स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता गच्छदारले व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसको संगठनात्मक मजबुती र जनताको विश्वासका आधारमा यसपटक क्षेत्र नं. ३ मा कांग्रेसको जित सुनिश्चित हुने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।




