काठमाडौँ माघ ६ मंगलबार , नेपाली कांग्रेसका सभापति गगन थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।


कांग्रेस नेता सुवासकुमार पोखरेलले थापा सर्लाही–४ बाट उम्मेदवार हुने विषय टुंगो लागिसकेको जानकारी दिएका छन्।

यसअघि थापा लगातार तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भएका थिए।
यसपटकको निर्णयलाई कांग्रेसभित्र नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको छ।