काठमाडौं माघ ६ मंगलबार , नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतबाट तत्काल राहत पाउन सकेन। देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गगन थापा नेतृत्वको कांग्रेस अघि बढ्ने बाटो खुला भएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा भएको सुनुवाइपछि अदालतले दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गरे पनि, अन्तरिम आदेश नआउनु देउवा पक्षका लागि स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

यसअघि नै निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गरिसकेको छ। सोही आधारमा गगनले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेका छन्।

अदालतको यो निर्णयले कांग्रेसभित्रको शक्ति सन्तुलन स्पष्ट रूपमा गगन थापातर्फ ढल्किएको संकेत दिएको छ।