निर्वाचन आयोगद्वारा ‘कल सेन्टर’ सञ्चालन
२०८२ माघ ७, बुधबार १६:५१
काठमाडौं माघ ७ बुधबार , आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
कान्तिपथस्थित आयोग कार्यालयमा स्थापना गरिएको उक्त कल सेन्टरमार्फत मतदाता, नागरिक तथा सरोकारवालाले निर्वाचनसम्बन्धी जिज्ञासा राख्न सक्नेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
६ डेस्क रहेको केन्द्रमा टोल–फ्री नम्बर ११०२ मा फोन गरी सेवा लिन सकिनेछ। आयोगका अनुसार एकैपटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने व्यवस्था गरिएको छ।




