काठमाडौं, माघ ८ विहिबार,पश्चिमी वायुको प्रभावले भोलिदेखि सुदूरपश्चिमबाट वर्षा प्रणाली नेपाल प्रवेश गर्नेछ।

 सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसमविद्हरूका अनुसार यो प्रणाली गण्डकीसम्म आइपुग्ने भए पनि काठमाडौंमा वर्षा हुने सम्भावना निकै कम छ। असर परेमा छिटपुट पानी मात्र पर्न सक्छ।

यो प्रणालीको प्रभाव शुक्रबार र शनिबारसम्म सीमित रहनेछ। वर्षासँगै चिसो भने केही बढ्ने अनुमान गरिएको छ।