नेपालको निर्वाचनप्रति मोदीको बधाई
२०८२ फाल्गुन २३, शनिबार २१:४४
नयाँदिल्ली ,भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता तथा सरकारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाली नागरिकहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देखेर आफूलाई खुसी लागेको उल्लेख गरेका छन्।
मोदीले नेपालको लोकतान्त्रिक प्रक्रियालाई प्रशंसा गर्दै यसलाई देशको लोकतान्त्रिक यात्राको महत्वपूर्ण र गर्व गर्नलायक उपलब्धि बताएका छन्
साथै, उनले भारत–नेपालबीचको घनिष्ठ मित्रता र छिमेकी सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा पनि दुवै देशबीच शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरेका छन्।




