आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवारः प्रधानमन्त्री प्रचण्ड
२०८० बैशाख २०, बुधबार २०:२८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उठेका विषयलाई कार्यान्वयन गरिने बताए । ।
प्रस्तुतिमा महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले वार्षिक प्रतिवेदनमा औँल्याएका विषयमा प्रकाश पारेका थिए ।
उनको प्रस्तुतिमा संघ, प्रदेश र स्थानीय तहले बक्यौता बक्यौता लगायतका विषयमा गर्नुपर्ने कामहरुबारे पनि केन्द्रित थियो ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक अनुशासन कायम राखेर कुनै सम्झौता नहुने बताउँदै बक्यौता असुलीसम्बन्धी प्रतिवेदनमा उल्लेख भएका विषयलाई कार्ययोजनासहित कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
उनले आर्थिक विषयमा जिम्मेवारी लिने सबैलाई इमान्दार र पारदर्शी भएर काम गर्न आग्रह गरे ।
सो अवसरमा मुख्य सचिव शंकरदास वैरागीले महालेखा परीक्षकको कार्यालयले उठाएका विषयलाई कार्यान्वयन गर्न निजामती प्रशासनलाई निर्देशन दिए ।




