गण्डकी सरकार गठन भए पछि प्रदेशसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपानेलाई मनोनीत गरिएको छ ।

लामाे समयदेखि गाेरखा जिल्ला नेपाली काग्रेसकाे राजनीति गरिरहेका न्याैपाने हुन् । उनले गोरखा क्षेत्र नम्बर १(१) बाट निर्वाचित भएका हुन् । उनी गाेरखा पार्टी जिल्ला सभापति पनि हुन् ।

आज नेपाली कांग्रेस, गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्याैपानेलाई मनाेनित गरेको वताए ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम प्रमुख सचेतकमा मनोनयन गरियाे