एमालेले निलम्बन गर्याे टाेपबहादुरलाई
२०८० बैशाख २७, बुधबार १४:०४
भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेले पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्याे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएपछि एमालेलाई तिव्र दवाव परेको थियोे । अहिले उनी फरार छन् । उनलेे आत्मसमर्पण गर्ने तयारी रहेको अवस्थामा पार्टीले निलम्बन गरेकाे छ ।
नेकपा एमालेको सचिवालय बैठकले उनलाई निलम्बन गरेको उपाध्यक्ष सुवास नेम्वाङले वताए ।




