`जिउँदो सहिद’ मुकेश कायस्थको निधन
२०८० बैशाख २८, बिहीबार ०९:४५
नेपालकाे लाेकतन्त्र प्राप्तिको दाेस्राे जनआन्दोलनका घाइते मुकेश कायस्थकाे बुधबार साँझ ७:३० बजे उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले दिए ।
उनको लामो समयदेखि उक्त अस्पतालमा उपचाररत थिए ।
मुकेशलाई २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । उनलाई जुनदिन गोली लाग्याे साेहि दिनदेखि घाइते भई ओछ्यानमा परेका थिए । उनलेे त्यसपछि कहिल्यै उठेनन् ।
विगत १७ वर्षदेखि उनी जीवन र मृत्युसँग लडिरहेका जिउँदा सहिद थिए मुकेश ।
जनआन्दोलन २०६२ चैत २७ गतेको उनलाई कञ्चटमा गोली लागेको थियो । साे गोली लाग्दा उनि १४ वर्ष का थिए , करिब १७ वर्षदेखि जिउँदो सहिदका रुपमा थिए । गोलीका कारण पक्षघात भएका उनको ३२ वर्षको उमेरमा निधन भयाे ।
बनेपा नगरपालिका वडा नम्बर – ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका थिए ।
उनी लाेकतन्त्र सच्चा सिपाही थिए भन्दै उनका साथीभाइ भन्दै रूदै थिए ।




