विपीले काेरेकाे बाटाे फिर्नुकाे बाहेक काग्रेसकाे विकल्प छैन : डा शेखर
२०८० बैशाख २९, शुक्रबार १८:२९
नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर काेईरालाले काग्रेसले बाटो विराएर हिड्दा अहिलेकाे मुलुकको यस्तो अवस्थामा पुगेको हाे अब काग्रेसले विपीले देखाएको बाटोमा हिड्नु बाहेककाे विकल्प छैन भनेका छन् ।
आज बुढीगंगा गाउँमै नेपाली कांग्रेस माेरङ क्षेत्र नम्बर ६ क सम्मेलनकाे उद्धाटन गर्दै डा काेईरालाले काग्रेसले हिड्ने बाटो अलमलमा परेपछि पुरानै बाटोमा हिड्नु पर्छ भनेर विपी ,गणेशमान ,सुवर्णले काेरेकाे बाटोमा काग्रेस अगाडि वढ्ने वताएका छन् ।
काेईरालाले कांग्रेसको संगठनलाई जुझारु र सशक्त बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए

नेपाली काग्रेसका माेरङ क्षेत्र न ६ ख का प्रदेससभा सदस्य केदार कार्कीले काग्रेस पार्टीलाई यदुवशी झैँ एक आपसमा नलडी संघठन भित्र सुधार गर्दै भ्रष्टाचार , गलत काम ,पार्टी पनि कर्मकाण्डी वा झाराे टार्ने गरि संचालन भएको छ यस्ता गतिविधि राेक्न कार्यकर्ता पनि एक हुनुपर्छ साथै स्थानीय जनप्रतिनिधि र पार्टी विच संयाेजन गरि याेजना ,विकास निर्माण र समाज रूपान्तर गर्नु पर्ने वताए
राष्ट्रिय सभाका सदस्य रमेश जंग रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलै समुदाय पर्न सक्छन् र दुईतीन हजार मानिसलाई नक्कली शरणार्थीकाे रूपमा पठाएका छन् भनेर वताए ।
बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले पार्टीको नीति ,निर्देशनमा शिक्षा र स्वस्थ्य सुधारमा गर्न पालिका लागेको वताए ।
क्षेत्रीय प्रदेश क सभापति दिपक भगतको सभापतित्व एवम् सम्पन्न सम्मेलनमा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुतिसंगै पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा र योजनाबारे पनि छलफल भएको थियो ।
सम्मेलनलाई जिल्ला सभापति भक्तिनाथ माझी ,नागेस कोइराला, गुप्तनारायण राजवशी लगायतले सम्बोधन गरेका थिए । नेपाली काग्रेसमा क्रियाशील कार्यकर्ता ,वुद्धिजिवी र शुभेच्छुकहरूकाे उपस्थिति रहेको प्रदेश सचिव विष्णुराज वुढाथाेकीले वताए





