रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी
२०८० बैशाख ३१, आईतवार १३:४२
पूर्वगृहमन्त्री तथा नेकपा (एमाले)का नेता रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
प्रतिक थापालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको गृह मन्त्रालयका अधिकारीले पुष्टि गरेका छन् ।
भुटानी शरणार्थीहरुको ढाँचामा नेपालीहरुलाई अमेरिका पठाउने कार्यमा संलग्न रहेको भन्दै पक्राउ पुर्जी जारी भएको हो ।




